निर्माण व्यवसायी संघ झापालाई महासंघको सम्मान
काठमाडौं, २९ पुस । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी संघ झापालाई निर्माण व्यवसायीको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
महासंघले रजत जयन्ती समारोहको अवसरमा गरेको सम्मान पत्र महासंघका केन्द्रीय सदस्य ऋषिराज जोशी र पूर्वाञ्चल निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहनप्रसाद अधिकारीले आज संघका जिल्ला अध्यक्ष मिलन बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
कन्काई नगरपालिकामा भएको कार्यक्रममा महासंघका पूर्वाञ्चल अध्यक्ष अधिकारीले निर्माण व्यवसायको क्षेत्रमा झापा मुलुकमै अग्रणी रहेको भन्दै झापाले पूर्वमै अभिभावकको भूमिका खेल्न सक्नुपर्नेमा जोड दिए ।
निर्माण व्यवसायी संघ झापाले महासंघ गठनदेखि व्यवसायिक मर्यादा उच्च बनाउन खेलेको भूमिकाको कदरस्वरुप महासंघले सम्मान गरेकोमा संघका अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।