उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति सिफारिस

भक्तपुर न्यूज

२९ पुष २०७३ १०:१५

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति सिफारिस

काठमाडौं, २९ पुस । उच्च अदालतमा ८० न्यायाधीश नियुक्त भएका छन्। हिजो मध्यरातमा सकिएको न्याय परिषदको बैठकले बुहमतका आधारमा उच्च अदालतका लागि ८० न्यायाधीशहरुको नाम टुंगो लगाएको हो।
न्याय परिषद बैठक सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौलाले बहिष्कार गरेका थिए। दुई सदस्यले बहिष्कार गरेपछि न्याय परिषदले बहुमतका आधारमा न्यायाधीशहरुको नियुक्ति गरेको हो।
प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष रहेको न्यायपरिषदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त भएका रामप्रसाद सिटौला, पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन्।
न्याय परिषदले जिल्ला न्यायाधीशबाट ३७ जना, नेपाल बार एसोसिएसनबाट २७ जना, सहसचिव र विशिष्ट श्रेणीबाट १६ जना गरी ८० जनालाई न्यायाधीशमा नियुक्त गरेको हो। उच्च अदालतका लागि कानुन सेवातर्फबाट कानुन सेवाबाट राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना सिफारिस भएका छन्।
यसैगरी जिल्ला न्यायाधीश र न्याय तथा कानुन कर्मचारीवाट बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, विनोद मोहन भट्टराई, भोलानाथ चौलागाई, अच्युत विष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, इश्वर आचार्य, रामप्रसाद अधिकारी, गोपाल भट्टराई। रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालिकराम कोइराला, विष्णुप्रसाद कोइराला र लक्ष्मीकृष्ण श्रेष्ठ सिफारिस भएका छन्।
यसैगरी कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्रप्रसाद खरेल, ठाकुरप्रसाद शर्मा पौडेल, हरि प्रताप, कृष्णबहादुर थापा, अच्युत कृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टंकनारायण कुँवर, चन्द्रबहादुर सारु, धिरबहादुर चन्द, लेखनाथ पौडेल, विपुल न्यौपाने, नातीबावु लामिछाने, डा। रवि शर्मा अर्याल र साधुराकम सापकोटा सिफारिस भएका छन्।
यसैगरी कानुन व्यवसायीका तर्फबाट गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शन देव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारु, मुनेन्द्रप्रसाद अवस्थी, मदन पोखरेल, श्यामप्रसाद सापकोटा, ध्रुव राजनन्द, दुर्गाबहादुर विश्वकर्मा, टंकप्रसाद गुरुङ, हरि प्रसाद पौडेल, राकेश कुमार निधि, तेज नारायण सिंह राई, बविता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्र बहादुर बम र राज्यलक्ष्मी बज्राचार्य उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *