उपराष्ट्रपति जोय बिडेनलाई स्वतन्त्रता सम्मान

भक्तपुर न्यूज

२९ पुष २०७३ ९:५०

उपराष्ट्रपति जोय बिडेनलाई स्वतन्त्रता सम्मान

एजेन्सी, २९ पुस । अमेरिकी उपराष्ट्रपति जोय बिडेनलाई स्वतन्त्रता सम्मान प्रदान गरिएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले बिडेनलाई राष्ट्रपति स्वतन्त्रता सम्मानबाट विभूषित गरेका हुन् ।
आश्चर्यजनकरुपमा सम्मान प्राप्त गर्दा उपराष्ट्रपति बिडेन निकै नै भावुक बनेका थिए । नागरिकलाई प्रदान गरिने यो सबैभन्दा उच्च अमेरिकी सम्मान हो । अमेरिकी जनता र मुलुकप्रतिको विश्वास एवं जीवनभरको सेवाका कदरस्वरुप सम्मान गर्न पाउनु गर्वको कुरा भएको राष्ट्रपति ओबामाले बताइरहँदा बिडेनका आँखा भने आँशुले भरिएका थिए । दुबै व्यक्ति ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
यही जनवरी २० मा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेपछि दुबै पदबाट मुक्त हुनेछन् । कार्यक्रममा उपराष्ट्रपति बिडेनले आगामी दिन डेमोक्रेटिक पार्टीको राजनीतिमै समर्पित गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *