५० महिलालाई पोषाक वितरण
रबिन्द्र यादव । परासी, २९ पुष । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् ।
९ महिना अघि गठन गरिएको आमा समुहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तीपुर्ण वातावरण दिनका लागि जहदामै एक पार्कको अवधारणा अघि सारेको आमा समुहका अध्यक्ष रेवती बरालले बताइन् । ८ कट्टा सार्वजनिक जग्गामा पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ७० हजार रुपिया संकलन गरि जग्गाको तारबार र वृक्षारोपण कार्य समेतको अघि बढिसकेको उनले जानकारी दिइन् ।
आमा समुहकि अध्यक्ष रेवती बरालको अध्यक्षता तथा कण्डेलको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिपप्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राखेका थिए ।