कान्छीमायाले दार्जिलिङ हाफ म्याराथन जितिन्

भक्तपुर न्यूज

२९ पुष २०७३ ९:२९

कान्छीमायाले दार्जिलिङ हाफ म्याराथन जितिन्

काठमाडौं, २९ पुस । एपिएफकी कान्छीमाया कोजुले विदेशी भुमिमा हाफ म्याराथनको उपाधि जितेकी छिन् । कान्छीले हिजो भारतको दार्जिलिङ पुलिस म्याराथनमा हाफ म्याराथन जितेकी हुन् । पुरुष हाफ म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठले दोस्रो स्थान प्राप्त गरेका छन् ।
२१ किलोमिटर दौड १ घन्टा २३ मिनेट ४५ सेकेन्डमा पुरा गरेकी कान्छीले उपाधिसहित २ लाख ४० हजार रुपैयाँ जितिन् । हाफ म्याराथनमा भारतीय खेलाडी दोस्रो र तेस्रो स्थानमा आएका थिए । होमलालले हाफ म्याराथन १ घन्टा ११ मिनेट ०९ सेकेन्डमा पुरा गरेका थिए । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *