छक्का पञ्जा पाइरेसीमा संलग्न युवाले गरे आत्महत्या
काठमाडौं, २९ पुस । छक्का पन्जा चलचित्र पाइरेसी गर्ने एक युवाले आत्महत्या गरेका छन् । नवलपरासीको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । काठमाडौंको चावहिलस्थित विजय चोक बस्ने सुवेदीले गएराति आफ्नै कोठमा झुण्डिएर आत्महत्या गरेको गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जानकारी दिए ।
‘उनी झुण्डिएको अवस्थामा कोठामा फेला परेका थिए । हामीले उनको परिवारलाई सम्पर्क गर्दा शव नचलाउनु भनेकाले हामीले रातभर उनको कोठमा शव रुग्याूं । आज बिहान उनका बुबा आमा आएर शव बुझेको डिएसपी कार्कीले भने ।
शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । उनलाई प्रहरीले पाइरेसी गरेको अभियोगमा समातेर निर्माताको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो । हिजो चलचित्र फेसबुकमा भाइरल भएपछि उनले आत्महत्या गरेका हुन् ।