प्रतिवेदनमाथि सत्तारूढ दललेकै विरोध
सत्तारुढ दल नेपाली कांग्रेसका सांसदले नै स्थानीय तह निर्धारण समितिले बुझाएको प्रतिवेदन पुनरावलोकन हुनुपर्ने माग राखेका छन्।
व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपक कुइँकेलले आयोगले आफूखुसी प्रतिवेदन बुझाएको आरोप लगाए।‘आयोगले सरकारको धारणा समेत नसुनिकन प्रतिवेदन बुझाएको छ,’ कुइँकेलले भने, ‘आफुखुसी आयोगले बुझाएको रिपोर्ट पुनरावलोकन हुनुपर्छ।’
आयोगले जनप्रतिनिधिहरुका भावनालाई नसमेटिकन रिपोर्ट बुझाएको उनले बताए । सांसदहरुले काठमाडौंमा ११ वटा नगरपालिका रहनुपर्ने आयोगले ९ वटा मात्रै नगरपालिका सिफारीस गरेको उनले बताए। उपत्यकाको सबैभन्दा पुरानो बस्ती शंकरापुरको अस्तित्व नै मेटिने गरी प्रतिवेदन बुझाइएको उनले आरोप लगाए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
