ट्रम्पद्वारा देशको जासूसी संस्थाहरुको आलोचना

भक्तपुर न्यूज

२८ पुष २०७३ ५:३२

ट्रम्पद्वारा देशको जासूसी संस्थाहरुको आलोचना

एजेन्सी, २८ पुस । अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको जासूसी संस्थाहरु आलोचना गरेका छन् । रुससँग आफ्ना विरुद्ध निकै गोप्य र खतरनाक प्रमाणहरु रहेको भन्ने सूचना सार्वजनिक गराइएको भन्दै उनले आफ्नै देशका जासूसी संस्थाहरुविरुद्ध आक्रोश व्यक्त गरेका हुन् ।
रुससँग ट्रम्पको विरुद्धमा आपत्तिजनक जानकारी भएको भन्ने जस्ता सूचना चुहाउन पनि जासूसी निकायहरुकै हात रहेको उनको आरोप थियो । राष्ट्रपतिमा निर्वा्चित भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै उनले ती कागजातहरु पूरै झूठो रहेको जिकीर गरे ।
ट्रम्प यौनकर्मी महिलाहरुसँग रहेकोे भिडीयो र अन्य कारोबार बारेका गोप्य जानकारी रुससँग रहेको खबर बाहिर आएपछि ट्रम्पले पत्रकार सम्मेलन गर्दै ती सबै झूठा आधारहिन रहेको जिकीर गरेको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।
जासूसी संस्थाहरुबाटै यस्ता झूठपूर्ण प्रचार गरिनु कार्य अशोभनीय भएको उनको भनाई छ । उनले आगामी जनवरी २० तारिखमा राष्टपतिको पद तथा गोपनियताको शपथ लिदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *