भिजिविलिटि बढे सँगै प्रभावित त्रिवि उडान सुचारु

भक्तपुर न्यूज

२८ पुष २०७३ ५:००

भिजिविलिटि बढे सँगै प्रभावित त्रिवि उडान सुचारु

काठमाडौं, २८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान हुन थालेका छन् । आज बिहान भिजिविलिटि कम भएपछि प्रभावित भएको उडान अहिले सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ । अहिले विमानस्थलको भिजिविलिटि १५०० मिटर पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान एक हजार मिटरमा झरेको थियो । भिजिबिलिटि बढेपछि नियमित उडान सुरु भएको हो ।
अहिले पहाडी क्षेत्रको मौसम बदली भएको छ । आज पहाडी क्षेत्रको मौसम दिनभरी नै आशिंक बदली हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मध्य र पूर्वी नेपालको मौसम भोलिसम्म सफा हुनेछ । तर शनिबार पश्चिमी वायु सक्रिय हुने देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।
गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाण्डूको तापक्रम २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *