रेष्टुरेन्टमा भीषण आगोलागी, ३ करोड बढीको क्षति

भक्तपुर न्यूज

२७ पुष २०७३ ८:४९

रेष्टुरेन्टमा भीषण आगोलागी, ३ करोड बढीको क्षति

काठमाडौँ, २७ पुस । पोखराको लेकसाइडस्थित एक होटलमा आगलागी हुँदा तीन करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । गएराति साढे १० बजेतिर बाराहीचोकस्थित ट्राई स्टार होटल एण्ड क्याफेबाट सल्किएको आगो थ्रीस्टार मनी चेञ्जर, क्रस रिभर र्‍याफ्टिङको कार्यालय र सनराईज वैंकको एटिएम मेसिनसम्म फैलिएको प्रहरी नायव निरिक्षक राम अधिकारीले जानकारी दिए ।
आगलागीले रेस्टुरेन्टसँगै जोडिएको ट्राईस्टार होटलमा समेत क्षति गराएको छ ।
संचालक धर्मेन्द्र बाटाजुका अनुसार रेस्टुरेन्ट बन्द गरेर कर्मचारी निस्कनै लाग्दा आगलागी सुरु भएको थियो। विद्युत सर्ट भएर वा सिलिन्डरबा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने उनले बताए।
आगलागी नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागि परेका थिए । आगो नियन्त्रणका लागि पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टको २ वटा दमकलको प्रयोग गरिएको थियो ।
करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *