सार्वजनिक बिदा बारे अध्ययन गर्न गृह मन्त्रालयलाई सरकारको निर्देशन
काठमाडौं, २७ पुस । सरकारले सार्वजनिक बिदा बारे अध्ययन गरेर माघ महिना भित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न पर्व, उत्सव तथा दिवसका अवसरमा दिइने बिदाका बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
विभिन्न राजनीतिक दल तथा नागरिक स्तरबाट आज परेको पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने माग बढेका बेला सरकारले यस्तो निर्देशन दिएको हो ।
यस्तै राष्ट्रिय तथा प्रदेश स्तरमा दिइने बिदाको बारेमा पनि विस्तृत अध्ययन गर्ने मन्त्रिपरिषदले गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
