लालटिनको लिरिकल गीतको भिडियो सार्वजनिक

भक्तपुर न्यूज

२७ पुष २०७३ ८:०६

लालटिनको लिरिकल गीतको भिडियो सार्वजनिक

काठमाडौं, २७ पुस । चलचित्र लालटिनको विह्स्की गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चैत १८ गते रिलिज हुने चलचित्र लालटिनको यस गीतमा विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्वारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । गीतसँगै फिल्मभित्रका एक्सक्लुसिभ स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ ।
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *