सुन र चाँदी दुवै बढ्यो
काठमाडौं, २७ पुस । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । हिजो ५४ हजार १ सय रुपैयाँले कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
