संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा गुल्मी बन्द
काठमाडौं, २७ पुस । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक टेबुल गरेको विरोधमा आज गुल्मी बन्द गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।
बन्दका कारण कुनै पनि सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् भने बजार तथा कलकारखाना समेत ठप्प रहेका छन् । आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन विधेयक राष्ट्र हित विपरीत रहेको भन्दै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१६ असोज २०८१ १०:४८
सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण
१६ असोज २०८१ १०:५५
यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?
१७ असोज २०८१ ८:१५
दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो
१५ असोज २०८१ ६:३७