अमेरिका बलियो र थप एकीकृत हुने ओबामाको बिश्वास

भक्तपुर न्यूज

२७ पुष २०७३ ६:५०

अमेरिका बलियो र थप एकीकृत हुने ओबामाको बिश्वास

एजेन्सी, २७ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको बताएका छन् । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व समहाल्नु पूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको बताए ।
पहिले विभाजित अवस्थामा रहेका विभिन्न क्षेत्र, वर्ग तथा समुदायका अमेरिकीले एकअर्काको विषयमा सोच्न थालेको ओबामाको भनाई छ । सिकागोमा भएको कार्यक्रममा उनले भने, हामीले सबैको कुरा सुन्नु पर्छ र चासो पनि दिनुपर्छ ।
सन् २००८ मा पहिलो पटक निर्वाचित हुनुभएका ओबामामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका डोनाल्ड ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्नु हुनेछ ।
सत्ताको शान्तिपूर्ण हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दरता रहेको ओबामाको भनाई छ । अमेरिकी प्रजातन्त्रले भाव बिना काम नगर्ने भएकाले त्यसलाई ख्याल गर्न उनले ट्रम्पसँग आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *