म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हरायो

भक्तपुर न्यूज

२७ पुष २०७३ ६:२७

म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हरायो

एजेन्सी, २७ पुस । म्यानचेस्टर युनाइटेड इएफएल कप (लिग कप) फुटबलको फाइनल नजिक पुगेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफमा आन माटा र मारोउएन फेलाइनीले गोल गरे । माटाले ५६ औं मिनेटमा तथा फेलाइनीले ८७ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा माटाले गरेको प्रहार हल सिटीका गोल रक्षक एल्डिन ज्याकुपोविकले रोके भने पउल पोग्बाको प्रहार पोस्ट भन्दा माथिबाट गयो । प्रिमियर लिगमा लिग लिडर चेल्सी भन्दा १० अंक पछि रहेको युनाइटेडका लागि सिजनको महत्वपूर्ण ट्रफी हात पार्ने मौका हो लिग कप ।
प्रशिक्षक मोरिन्हो आफ्नो नेतृत्वमा टिमलाई अर्को उपाधि दिलाउने लक्ष्यमा छन् । मोरिन्होले युनाइटेडमा आए लगतै कम्युनिटी सिल्डको उपाधि दिलाएका थिए । म्यानचेस्टर युनाइटेड सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा विजयी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *