बिस्कुटमा किरा भेटिएपछि रामदेवको आलोचना सुरु
एजेन्सी, २६ पुस । भारतीय योग गुरु बाबा रामदेव सदैवको उत्पादनमुलक संस्था पत्ञ्जलीले उत्पादन गरेको बिस्कुटमा किरा भेटिएपछि रामदेवको आलोचना सुरु भएको छ । हरेक टेलिभिजन, रेडियो र छापामा पतञ्जलिको प्रशंशा गर्दै विज्ञापन हुने गरेका । रामदेव आफैँ उपस्थित भएर गरिएका विज्ञापनमा शुद्धता र गुणस्तरको प्रशंसा गर्छन् । यद्यपी बिस्कुटमा किरा देखिएपछि उनको गुणस्तरता र शुद्धताको प्रशंसा माथि नै प्रश्न खडा भएको छ । भारतबाट सार्वजनिक भएको एक ताजा घटनामा रामदेवको पतञ्जली बिस्कुटबाट जिउँदै किरो भेटिएको हो ।
पछिल्ला दिनमा सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा केही युवाहरु रामदेवको पतञ्जली बिस्कुटबाट किरा निस्किरहेको देखाएको देख्न सकिन्छ । भिडियोमा देखिए अनुसार पतञ्जलीको दूध बिस्कुटको बन्द रहेको प्याकेट खोल्ने बित्तिकै किरा निस्केको देख्न सकिन्छ। यो भिडियो भने सन् २०१६ डिसेम्बर ७ मै सार्वजनिक भएको भए पनि अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देखिए अनुसार २०१६ मा प्याकेजिङ गरिएको बिस्कुटमा कसरी किरा देखियो भन्ने अनुसन्धानको विषय बनेको छ भन्दै रामदेवको उत्पादनप्रति प्रश्न उठाइएको छ ।