रिहाइको माग गर्दै विद्यालय बन्द

भक्तपुर न्यूज

२६ पुष २०७३ ७:५७

रिहाइको माग गर्दै विद्यालय बन्द

काठमाडौं,२६, पुस । राजधानी लगायत देशभरिका अधिकांश शैक्षिक संस्थाहरु बन्द छन् । विप्लव निकट माओवादीको विद्यार्थी संगठनले लोकमानसिंह कार्कीमाथि कोलोमोसो दल्ने दुई विद्यार्थीहरुलाई रिहाइको माग गर्दै शैक्षिक हडतालको आयोजना गरेको जनाएको छ ।

गत पुस ७ गते लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरभित्रै कालोमोसो दल्ने आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी रिहा नगरेकाले मंगलबार एक दिन देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेको सो विद्यार्थी संगठनले बताएको छ । आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्दा प्रहरीले दुई विद्यार्थीलाई थुनामा राखेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी ले जनाएको छ ।

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दुईजनालाई अदालतको अवहेलनामा एक महिना जेल सजाय सुनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले लोकमानसिंहलाई कालोमोसो दलेका थिए ।
तर, कतिपय ठाउँमा पृथ्वी जयन्तीमा सरकारी विदाको माग गर्दै हडतालको आयोजना भएको प्रचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *