परराष्ट्रमन्त्री महत आज कतार जाँदै

भक्तपुर न्यूज

२६ पुष २०७३ ५:३६

परराष्ट्रमन्त्री महत आज कतार जाँदै

काठमाडौं, २६ पुस । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान बिन जसिम अल–थानीको निमन्त्रणामा आज त्यसतर्फ जाँदै छन् । तीनदिने भ्रमणका क्रममा उनले आफ्ना समकक्षीसँग भोलि दोहामा द्विपक्षीय भेट गर्नेछन् । महतले कतारका अमिरसँग भेट गर्नाका साथै त्यहाँका श्रममन्त्रीसँग पनि छलफल गर्नेछन् ।
मन्त्री डा. महतले दोहामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।
परराष्ट्रमन्त्रीका साथ सचिव शङ्करदास वैरागी, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव र परराष्ट्र मन्त्रालयका अन्य अधिकारी सहभागी हुने छन् ।
मन्त्री डा. महत त्यहाँबाट गैरआवासीय सङ्घ अमेरिकाको पाँचौँ साधारणसभामा प्रमुख अतिथिका रुपमा भाग लिन बिहीबार अमेरिका जाने कार्यक्रम छ । महत माघ ३ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *