कार्ली लोयड फिफा महिला वर्ष खेलाडी
एजेन्सी, २६ पुस । अमेरिकी कार्ली लोयडले फिफा वर्ष खेलाडीको महिला विधाको पुरस्कार जितेकी छिन् । पाँच पल्टकी विजेता ब्राजिलकी मार्टा र रियो ओलम्पिककी स्वर्ण पदकधारी जर्मनीकी मेलानी बेरिङ्गरलाई उछिन्दै लोयडले फिफा वर्ष खेलाडीको महिला विधाको पुरस्कार जितेकी हुन् ।
अमेरिकाले यस वर्ष ओलम्पिक उपाधि नजितेपनि आफ्नो क्लब हस्टन ड्यास र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण लोयडलाई पुरस्कृत गरिएको थियो ।
लोयडले २० दशमलव ६८ मत प्राप्त गरेकी थिइन् । मार्टाले १६ दशमलव ६० र मेलानीले १२ दशमलव ३४ मत प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३