मेस्सीलाई पछि पादै रोनाल्डो बने फिफा वर्ष खेलाडी

भक्तपुर न्यूज

२६ पुष २०७३ ४:४५

मेस्सीलाई पछि पादै रोनाल्डो बने फिफा वर्ष खेलाडी

एजेन्सी, २६ पुस । पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डीओर अवार्ड रोनाल्डो नै जितेका थिए ।
सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित विशेष कार्यक्रममा सम्मान गर्यो ।
फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *