गणपुरक संख्या नपुगेपछि संसद बैठक आधाघन्टाका लागि स्थगित

भक्तपुर न्यूज

२५ पुष २०७३ ११:२७

गणपुरक संख्या नपुगेपछि संसद बैठक आधाघन्टाका लागि स्थगित

काठमाडौं, २५पुस । गणपुरक संख्या नपुगेपछि संसद बैठक आधाघन्टाका लागि स्थगित भएको छ । गणपुरक संख्या नपुगेका कारण स्थानीय तह निर्वाचन विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश हुन सकेको छैन ।
आजको स‌ंसद बैठकमा स्थानीय तहको निर्वाचन सम्बन्धि विधेयक पेस हुँदा जनमोर्चाका सांसद डिल्ली काफ्लेले कोरम नपुगेको प्रश्न उठाएका थिए। त्यसपछि सभामुखले १५ मिनेट सूचनाका लागि घन्टी बजाउँदा पनि केवल ११६ जना सांसद मात्रै बैठकमा प्रवेश गरे पछि गणपुरक नपुगेको भन्दै बैठक आधा घन्टाका लागि स्थगित भएको छ। संसद बैठक संचालन गर्न १४९ जना सांसद उपस्थित हुनुपर्छ। बैठक सुरू हुँदा ४०४ जना सांसद भएकोमा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव हुनेबेला ११६ जना मात्रै थिए। संसद भवनभित्रका अधिकांश कुर्सीहरु खाली थिए।
प्रतिपक्षका सांसद मात्रै होइनन् सत्तापक्षका सांसदहरु पनि अनुपस्थित भए। उपस्थित सांसदमध्ये कतिपय त चौरमा घाम ताप्दै थिए भने कोही चौरै गफिन व्यस्त थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *