मालपोत प्रमुखले माफी मागेपछि विवाद सुल्झियो
भक्तपुर २५, पुस । भक्तपुर मालपोत कार्यालय र लेखापढी ब्यवसायीबीच भएको बिवाद कार्यालय प्रमुख कमल प्रसाद तिमल्सिनाले गलत समाचर सम्प्रेषणले निम्ताएको बिवाद पश्चात माफि मागे पछि सुल्झिएको छ ।
दुई दिनदेखि कलम बन्द गरेका लेखापढी ब्यवसायीले आफूहरुमाथि लगाएको आरोप गलत भएको र मालपोत प्रमुखले माफी माग्दै उक्त समाचारको खण्डन गर्ने शर्त पुरा भएपछि कलम बन्द आजबाट फिर्ता लिएका छन् । लेखापढी ब्यवसायी संघ भक्तपुरका अध्यक्ष राजकुमार दाहाल कार्यालय प्रमुखले लेखापढी ब्यवसायीलाई लगाएको आरोप गलत भएको र एक कमिटि गठन गरि मालपोत र लेखापढी ब्यवसायीबीच भएको सम्झौता पन्ध्र दिनभित्र ब्यवहारमा लागू हुने अन्यथा फेरी लेखापढी ब्यवसायी आन्दोलनमा उत्रने बताए । सेवाग्राहीलाई छिटो छरितो काम हुने वातावरण मिलाउन दुबै पक्षले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्ने समते प्रतिबद्धता गरिएको उनले बताए ।
कार्यालय प्रमुख तिमल्सिनाले आफूबाट गलत सुचना प्रवाह नभएता पनि भुलवश त्यसो हुन गएकाले उक्त समाचारको खण्डन राष्ट्रिय दैनिकमा आउने भन्दै माफी मागे पश्चात भोलिदेखि पुनः लेखापढी ब्यवसायीले काम गर्न आग्रह गरेका थिए । उनले मालपोतमा भएका बिभिन्न खालका कमीकम्जोरीको सुधार गर्न समेत यसले सहयोग पु¥याउने बताए ।