भक्तपुर मालपोतमा आज पनि लेखापढी व्यवसायीको अवरोध

भक्तपुर न्यूज

२५ पुष २०७३ ६:४८

भक्तपुर मालपोतमा आज पनि लेखापढी व्यवसायीको अवरोध

भक्तपुर, २५ पुस । भक्तपुर मालपोतका अधिकृत कमल प्रसाद तिमल्सिनाले लेखापढी ब्यवसायीलाई गलत आरोप लगाएपछि हिजोबाट कलम बन्द गरेका छन् । उनीहरुले एक राष्ट्रि««य दैनिकमा आएको गलत समाचारले लेखापढी ब्यवसायीको कामलाई गलत तवरले अधिकृतले प्रचार प्रसार गरेको भन्दै मालपोतको मेन गेटमा सुचना टाँस गरि कलम बन्द गरेको भक्तपुर लेखापढी ब्यवसायी संघका अध्यक्ष राजकुमार दाहालले बताए ।
उनले भने हाकिमले माफि नमागेसम्म लेखापढी ब्यवसायीले कलम बन्द गर्ने र त्यसको बिरोधमा उत्रने छौं । हामीले कसरी गलत काम गरेका छौं त्यसको प्रष्टता गरिदिए लेखापढी ब्यवसायी संघ जस अफजस लिन तयार रहेको बताए । उनले भने मालपोतमा आएका सेवाग्राही बारे गलत भ्रम फैलाउने काम जसरी भएको छ त्यसको आधिकारीक जानकारी दिनु पर्ने वा गलत समाचार संप्रेषण भएको भए खण्डन र माफि माग्नु पर्ने उनले बताए ।
उनले भने मालपोतमा लेखापढी ब्यवसायीहरु काम गर्दा आनाकानी गर्ने सोही काम अन्य बिचौलियाहरुले पैसा खुवाएर सहजै गर्ने गरेको समेत आरोप लगाए । कानुन अनुसार काम आफूहरु २०० देखि ५००  लिने गरेको समते बताए । त्यस्तै कार्यालय समय भन्दा पछि समेत काम गरि रजिष्ट्रेशन गर्दा न्यूनतम ५००० लिने गरेको दावी गरे । हाम्रो पारिश्रामीक तोक्ने अधिकार हाकिमलाई नभएको भन्दै कानुनको ज्ञान कम भएकाले उनले लेखापढी ब्यवसायीको तलब निर्धारण गर्ने बिषय उठाएको बताए । कार्यालय प्रमुखले भने आफूले संवाददातालाई भनेको बिषय एक र समाचारमा आएको अर्कै भएको बताउँछन् । उनले भने हामीले लेखापढी ब्यवसायीको कार्यपद्धतीलाई ब्यवस्थित गर्दै लैजान आग्रह गरेका हौं । एक दैनिकले जसरी नभनेको बिषयलाई समाचारको रुपमा प्रस्तुत् गर्यो त्यसकारण लेखापढी ब्यवसायी आन्दोलित बनेको र सबै बिषय छलफलबाट मिल्ने बताए । उनले भने लेखापढी ब्यवसायीले सेवाग्राहीको सहजताका लागि रेट निर्धारण गरे त्यसको लाभ लेखापढी ब्यवसायीलाई नै हुन्छ । लेखापढी ब्यवसायीले दुई दिनसम्म कलम बन्द गर्दा त्यसको मार सेवाग्राहीलाई परेको भन्दै समाचारमा आए जसो आफूले नभनेको र त्यसै बिषयलाई लिएर काम अवरुद्ध गर्दा समस्या बढ्ने भएकाले छलफलबाट समस्याको समाधान खोजीरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *