अब टेलिकमका ग्राहकले पनि सापटी रकम पाउने

भक्तपुर न्यूज

२५ पुष २०७३ ६:२६

अब टेलिकमका ग्राहकले पनि सापटी रकम पाउने

काठमाडौं, २५ पुस । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई क्रेडिट सुविधा उपलब्ध गराउने भएको छ। यसअघि निजि एनसेलले ल्याएको सापटी योजना जस्तै टेलिकमले पनि ल्याउने तयारी थालेको टेलिकमका साहय प्रवक्ता सोभन अधिकारीले जानकारी दिए।
त्यसरी दिने रकमको सिमा कति हुने,भुक्तानीको प्रक्रिया के हुने भनेर अहिले नै निक्र्यौल भइनसकेको तर त्यसकोलागि टेलिकमले प्राविधिक तयारीलाई तीव्र पारिृएको अधिकारीले जानकारी दिए।
हिजोमात्र टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने बताएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *