निजी अस्पतालमा काम गर्न रोक

भक्तपुर न्यूज

२५ पुष २०७३ ६:०७

निजी अस्पतालमा काम गर्न रोक

 चितवन २५ पुस, । चितवनको बीपी कोइराला मेमेरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निजी अस्पतालमा काम गर्न रोक लाईएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सञ्चालक समितिलाई पूर्णता दिएको थियो । समितिले अस्पताललाई नेशनल क्यान्सर इन्सिच्यूट परिणत गर्ने निर्णय पनि गरेको अस्पतालका कार्यकारी निर्देशक चिनबहादुर पुनले जानकारी दिए । अस्पतालले अहिले विभिन्न देशका विश्वविद्यालयसँग समन्वय गरी क्यान्सर रोगसम्बन्धी अनुसन्धान गरिरहेको छ । यसअघि अस्पतालमा कार्यरत डाक्टर, टेकन्सियनदेखि प्राय सबै स्वास्थयकर्मीहरु निजी अस्पताल काम गर्दै आएको थिए । अस्पतालले तोकेको समयमा काम गरे पनि अस्पतालभन्दा बढी निजीतिर उनीहरुले ध्यान नदिँदा अस्पतालको सेवा फितलो बन्दै गएको थियो ।

निजी अस्पतालमा कार्यालय समयबाहिर पनि अनुमति लिएर काम गर्न पाउने विद्यमान व्यवस्था नै खारेज गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन सँगै क्यानसर अस्पतालमा समेत उक्त निर्देशन कार्यानवनयको पहल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *