ट्रम्पलाई ओबामाको सुझाव–ह्वाइट हाउस पारिवारिक व्यवसाय होइन
एजेन्सी, २५ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसलाई पारिवारिक व्यवसाय जसरी सञ्चालन नगर्न सुझाव दिएका छन् ।
अमेरिकी टेलिभिजन एबिसी न्युजसँग कुराकानी गर्दै राष्ट्रपति ओबामाले ट्रम्पले अमेरिकी सम्मानित संस्था ह्वाइट हाउसको सम्मान गर्नु पर्ने बताए । उनले भने, डोनाल्ड ट्रम्प तपाईंले सपथ लिएपछि विश्वकै ठूलो संस्थाको प्रमुख बन्नु हुनेछ, त्यसको सम्मान गर्नुहोला । राष्ट्रपति ओबामाले चुनावी अभियान चलाउनु र शासन गर्नुमा धेरै अन्तर रहेको बताए । राष्ट्रपतीय चुनावमा भएको रुसी ह्याकिङका विषयमा ट्रम्पको भनाई गैरजिम्मेवार रहेको ओबामाले बताए । ट्रम्पले यस्तो आक्रमणको प्रभावलाई कम आंकलन गरेको बताए ।
गएको नोभेम्बरमा भएको चुनावमा विजयी हुनुभएका ट्रम्पले जनवरी २० देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।