सेनाको समूहमा लरी आक्रमण हुँदा चारको मृत्यु

भक्तपुर न्यूज

२५ पुष २०७३ ५:५४

सेनाको समूहमा लरी आक्रमण हुँदा चारको मृत्यु

एजेन्सी, २५ पुस । इजरायलको जेरुसेलममा भएको लरी आक्रमणमा परि चार जनाको मृत्यु भएको छ । एक प्यालेस्टाइनी व्यक्तिले जेरुसेलममा इजरायली सेनाको एक समूहमा लरी चलाएको हो । घटनामा मृत्यु हुने चारै जना इजरायली सैनिक हुन् । आक्रमण आतंककारी रहेको इजारायली प्रहरीको भनाई छ । मृत्यु हुनेमा तीन जना महिला र एक पुरुष छन् । घटनामा अन्य १७ जना घाइते भएका छन् ।
आक्रमणकारी व्यक्ति बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका समर्थक रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताए । प्यालेस्टाइनको जोबेला मुकाबर जिल्लाबाट आएका २८ वर्षका फादी क्वुनबारले आक्रमण गरेका हुन् । यो आक्रमण आतंककारी रहेको र यस्ता आक्रमणबाट आफ्नो देश माथि उठ्ने प्रधानमन्त्री नेतन्याहुको भनाई छ । पूर्वी जेरुसेलम तथा वेष्ट ब्यांकमा रहेका अवैध इजरायली बस्तीको विषयलाई लिएर इजरायल र प्यालेस्टाइनबिच लामो समयदेखि तनाव हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *