इरानका पूर्व राष्ट्रपति रफसन्जानीको निधन
एजेन्सी, २५ पुस । इरानका पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वराष्ट्रपति रफसन्जानीको हृदयाघातका कारण तेहरानस्थित एक अस्पतालमा निधन भएको हो ।
सन् १९८० को दशकका इरानको राजनीतिमा एक महत्वपूर्ण नेताका रुपमा उनको उदय भएको थियो । उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति बनेका थिए । तर सन् २००५ को निर्वाचनमा उनी महमुद अहमदिनेजादसँग पराजित भएका थिए । रफसन्जानी एक्सपिडिएन्सी काउन्सिलको अध्यक्षसमेत थिए जसले संसद र संवैधानिक निकाय गार्डियन काउन्सिलबीच मतभेद देखिएमा त्यसलाई मिलाउने जिम्मेवारी पाएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
