संशोधन विधेयक असफल पाछौं : नेपाल
विराटनगर, २५ पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रतिपक्षी दलको विरोधको बाबजुद पनि सभामुखले संसद्को रुलिङ विपरित संविधान संशोधन विधेयक टेवुल गरेको आरोप लगाएका छन् । नेता नेपालले विपक्षीको असहमति हुँदा हुँदै पनि संशोधन विधेयक दर्ता भएको भन्दै विधेयकलाई जसरी भए पनि विफल पार्ने दावी गरे ।
विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले संसदीय मूल्य र मान्यता विपरित सरकारले जबरजस्ती संशोधन विधेयक संसदमा पेश गरेको आरोप लगाएका छन् ।
नेता नेपालले प्रतिपक्षको विरोध र असहमति हुँदा संसद् बैठक स्थगित गर्ने चलन रहँदै आएकोमा त्यसविपरीत गएर संशोधन विधेयक दर्ता गराउनु अशोभनीय भएको जिकीर गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
५ जेठ २०८२ १३:२१