संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव, खरिद–बिक्रीको खतरा

भक्तपुर न्यूज

२५ पुष २०७३ ५:०७

संविधान संशोधन विधेयक पास गर्न ५ मतको अभाव, खरिद–बिक्रीको खतरा

काठमाडौं, २५ पुस । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ । सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् ।
यद्यपि सत्तारुढ भनिए पनि राप्रपाले असन्तुष्टि पोख्दै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ दलसँग दुई सय एक जना सांसद छन् । संसदमा टेबुल गराइएको विधेयक पास गराउनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
विधेयक पारित गराउनका लागि संसदमा हाल कायम रहेकाम ५ सय ९४ मध्ये दुई तिहाइ बहुमत पुर्‍याउन ३ सय ९८ मतको आवश्यकता पर्छ । दुई तिहाइ पुर्‍याउन सरकारलाई ५ मतको खाँचो रहेको छ। सरकार पाँच जना सांसद पुर्‍याउने गृहकार्यमा लागेको छ । तर यसो गर्दा इतिहासमा प्रयोग गरिएको सांसद खरिद बिक्रीको खतरा उत्पन्न भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *