टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश
एजेन्सी, २५ पुस । टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएाति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लालाई २–० ले हराएर टोटनह्यामले चौथो चरणमा स्थान बनाएको हो ।
टोटनह्यामलाई जिताउन बेन डेविस र सन हेङ–मिनले एक एक गोल गरे । पहिलो हाफमा गोल रहित बराबरीमा रोकिएको टोटनह्यामका लागि ७१ औं मिनेटमा डेभिसले पहिलो गोल गरे । त्यसको ९ मिनेटपछि सनले गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए ।
गएराति नै भएका अरु खेलमा फुलह्यामले कार्डिफलाई २–१ तथा सेफिल्ड वेनस्डेलाई मिडल्सबर्गले ३–० ले हराएर चौथो चरणमा स्थान बनाएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
बाढीपहिरोबाट विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध
३ असार २०८२ ११:३८