लेखापढी ब्यवसायीले भक्तपुर मालपोतको काम रोके

भक्तपुर न्यूज

२४ पुष २०७३ ७:४१

लेखापढी ब्यवसायीले भक्तपुर मालपोतको काम रोके

भक्तपुर, २४ पुस । भक्तपुर मालपोतका बारे एक राष्ट्रिय दैनिकमा आएको समाचारलाई लिएर लेखापढी ब्यवसायिले सुचना टाँस गरि कलम बन्द गर्दा मालपोतमा आएका सेवाग्राही अलपत्रमा परेका छन् । मालपोत अधिकृत कमल प्रसाद तिमल्सिनाको भनाईलाई आधार मानी तयार भएको उक्त समाचारमा लेखापढी ब्यवसायीलाई गलत आरोप लगाएको भन्दै लेखापढी ब्यवसायीले काम रोकेको हुन् ।
अधिकृत तिमल्सिनाले आफूले नभनेको बिषयलाई देशमै नाम चलेको पत्रिकाका संवाददाताले गलत तरिकारले कुरा बंगाएर समचार लेखेको बताए । उनले भने लेखापढी ब्यवसायीसँग सल्लाहा गरि समग्र पद्धतीको सुधार गर्ने बताएता पनि समाचार आउँदा लेखापढी ब्यवसायीले घुस खाएर मात्र काम गर्ने गरेको गलत समाचार आएपछि व्यवसायी आक्रोशित बनेको हुन् ।
भक्तपुर लेखापढी ब्यवसायी संघका अध्यक्ष राजकुमार दाहाल भन्छन् मालपोत कार्यालयका प्रमुखले लेखापढी ब्यवसायी माथि जसरी आरोप लगाएका छन् त्यो गलत भएको र लेखापढी ब्यवसायीले नगरेको कामको समेत सञ्चार माध्यममा आएपछि त्यसको बिरोध स्वरुप आफूहरुले मालपोतमा कलम बन्द गरेको बताए । उनले भने लेखापढी ब्यवसायी माथि आरोप लगाएर आएको समाचार गलत भएको र गलत समचारकै कारण सेवाग्रहीको लेखापढी ब्यवसायी प्रतिको सोच नकारात्मक पर्ने भएकाले सो गलत समाचारको खण्डन गरिनु पर्ने उनी बताउँछन् । सत्य बिषयलाई समाचारका रुपमा संप्रेषण गरी सुचित पार्नु सकारात्मक भएता पनि भाम्रक बिषय समाचारका रुपमा संप्रेषण गर्नु गलत भएको उनको भनाई छ । यसरी गलत समचार उपलब्ध गराउने मालपोत हाकिमले माफि माग्नु पर्ने लेखापढी ब्यवासायीको माग रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *