होटलको जग खन्दा नक्सालको सडक भासियो
काठमाडौं, २४ पुस । काठमाडौंको नक्सालमा निर्माणाधीन एक होटलको भवनसँगैको सडक भासिएको छ । घटना भयानक भएपनि त्यसले कुनै ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ । सडकको आधा भाग नै टावरको निर्माणका लागि तयार पारिएको जगमा भासिएर खसेको छ । आज बिहान ६ बजे भएको घटनामा कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।
निर्माणाधीन होटल छेउको सडक भासिँदा नक्साल भगवती–बालमन्दिर सडकखण्डमा सवारी आवत–जावत रोकिएको छ । प्रहरीले सडक भासिएको क्षेत्र नजिक सर्वसाधारणलाई जान पनि दिएको छैन् । त्यहाँ भासिएको सडक हेर्नेहरुको भीड लागेको छ । प्रहरी सुरक्षामा खटिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८