ज्ञवालीले दोस्रो पटक बुझाए स्पष्टिकरण

भक्तपुर न्यूज

२४ पुष २०७३ ७:०७

ज्ञवालीले दोस्रो पटक बुझाए स्पष्टिकरण

काठमाडौं, २४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनः सरकारलाई दोस्रो चरणको जवाफ पठाएका छन् । ज्ञवालीले आज बिहान ११ बजे प्रधानमन्त्रीको कार्यालयमा पुगेर स्पष्टिकरण बुझाएका हुन् ।
विभिन्न निकायहरुबीच समन्वयन, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको सम्वन्धमा सरकारले शुक्रबार उनलाई दोस्रो चरणको स्पष्टिकरण सोधेको थियो ।
कार्यकारी अधिकृत ज्ञवालीले ६ पेज लामो स्पष्टिकरण पेश गरेका छन् । स्पष्टिकरणमा समन्वयनमा भएका कामहरु, अनुदान वितरणमा अहिलेसम्म भएको प्रगति र पुनर्वासका लागि प्राधिकरणले गरेका कामहरु समेटिएको कार्यकारी निर्देशक ज्ञवालीले बताएका छन् ।
उनले भने, मैले नेपाल सरकारका सचिव दिनेशकुमार थपलिया मार्फत तीनवटा विषयमा थप प्रष्ट पार्ने गरी स्पष्टिकरण पेश गरेको छु ।
ज्ञवालीले यसअघि १२ पाना स्पष्टिकरण सरकारलाई बुझाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *