सुदुरपश्चिममा उच्च हिमपातसँगै जनजीवन कष्टकर

भक्तपुर न्यूज

२४ पुष २०७३ ७:१४

सुदुरपश्चिममा उच्च हिमपातसँगै जनजीवन कष्टकर

बैतडी , ४ पुस  । सुदुर पश्चिमा उच्च हिमापातसँगै जनजीवन कष्टकर बन्दै गएको छ भने सवारी आवागमनमा समेत अवरोध भएको छ । बर्षाको सुरुसँगै एक्कासी आएको मौसम परिवर्तनले गएराति बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको प्रहरीले जानकारी दिएको छ ।
‘हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातिदेखि गाडी नै चल्न सकेका छैनन् भने ‘राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको छ । राजमार्ग अवरुद्ध हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडौं र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् । एका तर्फ यात्रुहरुलाई आवगमनमा अप्ठेरो परेको छ भने अर्को तर्फ लामो समयापछि पानी परेपछी किसानहरुमा हर्ष छाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *