बेइजिङमा विषाक्त धुवाँसहितको कुहिरो, नियन्त्रणका लागि वातावरण प्रहरी

भक्तपुर न्यूज

२४ पुष २०७३ ७:०२

बेइजिङमा विषाक्त धुवाँसहितको कुहिरो, नियन्त्रणका लागि वातावरण प्रहरी

एजेन्सी, २४ पुस । चीनको बेइजिङमा फैलिएको विषाक्त धुवाँसहितको कुहिरो कम गर्न वातावरण प्रहरीको टोलीले काम थाल्ने भएको छ । वातावरणमा विषाक्त धुवाँसहितको कुहिरोको मात्रा बढी भइ मानिसमा नकारात्मक असर पर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न वातावरण प्रहरीको टोली निर्माण गरिएको बेइजिङका मेयर साइ कीले बताएका छन् ।
टोलीले खुला हावामा गरिने बार्बिक्युब, धुलाम्मे सडक लगायत वायु प्रदुषणका स्थानीय श्रोतको पहिचान गर्ने कीले बताए । त्यस्तै कोइलाको प्रयोग ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता पनि उनले जनाए ।
बेइजिङका नागरिकले पनि वायु प्रदुषण नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गर्दै आएका छन् । उनीहरुले देशको मुख्य उर्जा श्रोत रहँदै आएको कोइलाबाट चल्ने उद्योगमा निर्भरता कम गर्न समेत माग गरेका छन् । वायु प्रदुषण कम गर्न सरकारले बेइजिङबाट तीन लाख पुराना गाडीहरु विस्थान गर्ने तयारी गरेको छ भने धेरै उद्योगहरु बन्द गर्ने तयारी गरेको छ ।
विषाक्त कुहिरोले वातावरण प्रदुषित भएपछि केहि समय यता मानिसहरु कम गर्न समेत माग गरेका छन् । वायु प्रदुषण कम गर्न सरकारले बेइजिङबाट तीन लाख पुराना गाडीहरु विस्थान गर्ने तयारी गरेको छ भने धेरै उद्योगहरु बन्द गर्ने तयारी गरेको छ ।
विषाक्त कुहिरोले वातावरण प्रदुषित भएपछि केहि समय यता मानिसहरु कम मात्र घर बाहिर निस्कन थालेको बिबिसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *