रुससँगको सम्बन्धको विरोध गर्नेहरु बेवकुफ वा मुर्ख : ट्रम्प
एजेन्सी, २४ पुस । अमेरिकाको राष्ट्रपतिमा निर्वा्चित डोनाल्ड ट्रम्पले रुससँग सम्बन्ध बिस्तार गर्न हुँदैन भन्नेहरु बेवकुफ वा मुर्ख रहेको बताएका छन् । ट्रम्पले ट्वीट मार्फत रुससँग राम्रो सम्बन्ध बनाउने पर्ने बताउँदै यसको विरोध गर्नेहरु मुर्ख रहेको बताएका छन् ।
ट्रम्पले रुससँग मिलेर विश्वमा रहेका ठूला समस्या समाधान गर्ने बताएका छन् । अमेरिकी गुप्तचर विभागले राष्ट्रपतीय चुनावमा रुसले दखल दिने उद्देश्यले ह्याकिङ गरेको र रुस ट्रम्पलाई जिताउन तथा डेमोक्र्या्टिक उम्मेदवार हिलारी क्लिन्टनलाई बदनाम गराउन लागि परेको प्रतिवेदन सार्वजनिक भएपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
डेमोक्र्याटिक पार्टीको कमजोरीकै कारण उनीहरुको इमेल ह्याक भएको ट्रम्पको आरोप छ । ट्रम्पले आफू राष्ट्रपति बनेपछि रुसले अमेरिकाको थप इज्जत गर्ने दाबी पनि गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३