प्रधानमन्त्रीले ८ बर्षपछि तिरे खानेपानीको बिल
काठमाडौं, २४ पुस । प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको छ ।
प्रचण्ड आठ बर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा केयुकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महशुल तिर्न बाँकी थियो । केयुकेएलले बक्यौता चुक्ता गर्न पटक पटक ताकेता गरेपनि प्रचण्डले टेरेका थिएनन् । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था र व्यक्तिले मगाएर उपभोग गरेपनि बर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् । आजको कारोबार दैनिकमा खबर रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५
भक्तपुरमा ६६ वर्षीय पुरुषको शव भेटियो
७ चैत २०८१ १३:२३