आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश
एजेन्सी, २४ पुस । आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत गएराति भएको खेलमा च्याम्पियनसिप क्लब प्रिस्टनलाई २–१ ले हराउँदै आर्सनल अघिल्लो चरण पुगेको हो ।
आर्सनलको जितमा अन्तिम समयमा ओलिभर जिरउडले गरेको गोल महत्वपूर्ण बन्यो । सातौं मिनेटमा रोबिनसनले गोल गर्दै प्रिस्टनलाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको आर्सनलका लागि दोस्रो हाफको सुरुमा नै आरोन रामसीले बराबरी गोल फर्काए । यो खेलका लागि कप्तान बनेका जिरउडले ८९ औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए ।
यस्तै, राति नै भएको अन्य खेलमा एभर्टनलाई २–१ ले हराएर लिसेस्टर सिटी तथा स्वान्सीलाई २–० ले हराएर हल सिटीले पनि चौथो चरणमा स्थान पक्का गरेका छन् । त्यसअघि भएको खेलमा म्यानचेस्टर युनाइटेडले रिडिङलाई ४–० ले हराएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५