भक्तपुरका ६५ पत्रकारको मृगौला परिक्षण
भक्तपुर, २३ पुस । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २० औं स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील ६५ जना पत्रकारको मृगौला परिक्षण गरीएको छ । मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा पत्रकारको निःशुल्क परीक्षण गरिएको हो ।
सो कार्यक्रममा रफत सञ्चार क्लबले भक्तपुरबाट सञ्चार क्षेत्रको बिकासमा खेलेको अहंम भूमिका र भक्तपुरबाट सञ्चार क्लबको माध्यमबाट जिल्लाका बिबिध बिषयलाई उठान गरि समाधानको उपायको खोजीलाई मध्यनजर गर्दै कदर पत्र सहित सम्मान गरिएको छ । कार्यक्रममा पत्रकार पुष्कर बुढाथोकीलाई स्व. मैंयादेवी सिल्पकार स्मृति पुरस्कारबाट सम्मान तथा श्याम बस्नेतलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको छ । उक्त सम्मान शहरी विकास राज्यमन्त्री मिठु मल्लले प्रदान गरेकी थिइन् ।
उनले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको गर्न थालेको भवन निर्माणका लागि आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमा न्युनतममा पारिश्रामिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले नेपालमा ठूला मिडियाहरुले न्यूनतम पारिश्रामिक उपलब्ध गराउने प्रतिबद्धता व्यवहारमा लागू हुन नसकेको र समानुपातिक बिज्ञापन उपलब्ध गराउने र हालको मिडियामा सरकारले गरेको लगानीलाई बास्केट फण्डका रुपमा उपयोग गर्न सके न्यूनतममा पारीश्रामिकको बियषले समेत पूर्णता पाउने बताए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सांसद रामेश्वर ढुंगेल, भक्तपुर नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, मानव अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली र प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व भक्तपुर पत्रकार महासंघका अध्यक्ष अमर भुजुले गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष सोम सर्मा बजगाँइले गरेको उक्त कार्यक्रम सञ्चालन सचिव जगत प्रजापतिले गरेका थिए ।