कप्तान बने विराट कोहली

भक्तपुर न्यूज

२३ पुष २०७३ ८:३०

कप्तान बने विराट कोहली

एजेन्सी, २३ पुस । महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तानबाट राजीनामा दिएपछि भारतको कप्तानीमा विराट कोहलीलाई नियुक्त गरिएको छ ।
कोहलीको कप्तानमा जनवरी १५ देखि सुरु हुने भारतले इंग्ल्याण्डसँग तीन एक दिवसीय तथा तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ ।
यसैगरी, भारतीय क्रिकेट काउन्सिल बिसिसिआईले हिजो इंग्ल्याण्डसँगको श्रृँखलाका लागि टिम घोषणा गरेको छ । कोहलीको कप्तानीमा अलराउण्डर युवराज सिंह एक दिवसीय टिममा पुनरागमन गरेका छन् । यस्तै सुरेश रैनाले ट्वेन्टी–ट्वेन्टी टिममा पुनरागमन गरेका छन । कोहलीको कप्तानीमा रहेको टिममा महेन्द्र सिंह धोनी, केएल राहुल, शिखर धवन, मनिष पाण्डे, केदार जाधव, युवराज सिंह, अजिन्क्या रहाणे, हार्दिक पाण्डेय, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अमित मिश्रा, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र उमेश यादव छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *