अकोराबको अध्यक्षमा खतिवडा विजयी
काठमाडौं, २३ पुस । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा सुवास खतिवडा विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी हुनुभएको हो । खतिवडाले एकसय ४२ तथा थापाले एकसय ३२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बनेका थिए भने काँग्रेस र माओवादी केन्द्रबाट थापाको प्यानललाई समर्थन थियो ।
वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, महिला उपाध्यक्षमा शशिकला दाहाल, मधेसी तर्फबाट उपाध्यक्षमा निमेश कर्ण, जनजाती उपाध्यक्षमा अर्जुनकुमार राई, दलिततर्फको उपाध्यक्षमा भूवन सिंह, महासचिवमा गोविन्द देवकोटा, कोषाध्यक्षमा लक्ष्मण खड्का र सचिवमा बन्दना दनुवार विजयी भएका छन् ।
अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति र ११ सदस्यीय प्रदेशस्तरीय समिति पनि चयन गरेको छ ।