संशोधन बिना चुनाव मान्य नहुने : यादव
बिराटनगर। २२, पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोहोर्याएका छन् । उनले ‘पहिला संविधान संशोधन गरी मधेसी जनताको अधिकार संविधानमा ग्यारेन्टी गरिनुपर्छ अनिमात्र निर्वाचनमा जाने बताए ।
बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए । उनले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्याएको आरोप लगाए । ‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने । उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
