संवैधानिक इजलास गठन गर्न माग

भक्तपुर न्यूज

२२ पुष २०७३ १५:२४

संवैधानिक इजलास गठन गर्न माग

काठमाडौं २२, पुस । नेपाल बार एसोसिएसनले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा कानुन व्यवसायीका तर्फबाट कम्तीमा ५० प्रतिशत सिफारिस गर्ने लगायत तीनबुँदे ध्यानाकर्षण प्रधानन्यायाधीश सुशीला कार्कीलाई गराएको छ।

बारका महसचिव खम्बबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “उच्च अदालतमा न्यायाधीश पदमा नियुक्ति सिफारिस गर्दा समानुपातिक, समावेशी सिद्धान्तबमोजिम वरिष्ठता, अनुभव, पेसागत उच्च नैतिक आचरण, ज्ञान, कार्यकुशलता, इमान्दारी, निष्पक्षता, न्याय र कानुनको क्षेत्रमा योगदान पु¥याएको विशेष आधार बनाई नियुक्तिका लागि सिफारिस गरियोस्।

त्यस्तै नेपालको संविधान जारी भइसकेपछि राज्य र न्यायपालिकाका तर्फबाट समेत विशेष लगानी भई न्याय सम्पादनमा दुई वर्षभन्दा बढी सरिक भएका तत्कालीन पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशमा कार्यरत रही तोकिएको अवधि थप नगरी नेपालको संविधानबमोजिम बाहिरिएका हुँदा त्यस्ता न्यायाधीशका सम्बन्धमा उपयुक्त निर्णय गर्न बारले ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *