भक्तपुरमा लुटेराले दिउँसै लुटे लाखौं रकम

भक्तपुर न्यूज

२२ पुष २०७३ १४:१८

भक्तपुरमा लुटेराले दिउँसै लुटे  लाखौं रकम

भक्तपुर ,२२ , पुस । कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख २२० सिसि रातो कालो पल्सरमा आएका दुइ ब्यक्तिले सहकारीमा पैसा साख्न आएका एक ब्यक्तिलाई लुटेका छन् ।  बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका लुटेर रकम लुटेर फरार भएका हुन् ।
थिमि प्रहरी बतृका प्रमुख श्याम बाबु ओलीयाका अनुसार रातो काले रंगको मोटर साइकलमा आएका दुई ब्यक्तिले रकम लुटेर फरार रहेको र उनीहरुको खोजी कार्य तिव्र पारिएको जनाए ।

पीडित अधिकारीले भने, बैंकबाट रकम झिकेर बा ६१ प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थामा जाँदै थिएँ, सहकारी अगाडि स्कुटर रोकेर ब्याग बोक्न खोज्दा मोटरसाइकलमा आएका दुई जनाले  रकमसहितको ब्याग लुटेर  फरार भएको बताइन्  ।
अनुसन्धानका क्रममा आधि अल्फाबेट मात्र खुलेको कालो रातो रङको मोटरसाइकलमा आएका लुटेराले रकम लुटेर फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र पारिएको ओलीयाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *