नेकपा (माओवादी) सूर्यबिनायकको दोस्रो नगर सम्मेलन सम्पन्न

भक्तपुर न्यूज

२२ पुष २०७३ ११:१०

नेकपा (माओवादी) सूर्यबिनायकको दोस्रो नगर सम्मेलन सम्पन्न

भक्तपुर, २२ पुस । नेकपा (माओवादी) सूर्यबिनायकको दोस्रो नगर सम्मेलनले जोवन तामाङलाई सेक्रेटरीमा सर्वसम्मतले चयन गरी सम्पन्न गरेको छ । सम्मेलनले तामाङको नेतृत्वमा १५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
नयाँ कमिटीलाई पार्टीका केन्द्रीय सदस्य आजाद के.सी., उपत्यका व्युरो सदस्य अर्जुन क्षेत्री, जनसाँस्कृतिक महासंघका सचिव कुशल बोगटी, भक्तपुर क्षेत्र नं. १ का इञ्चार्ज बद्री पुन, भक्तपुर क्षेत्र नं. २ का इञ्चार्ज पे्रम ढकाल लगायतका नेताहरुले शुभकामना तथा बधाइ दिएका थिए ।
केन्द्रीय सदस्य के.सी.ले संसदीय व्यवस्थाको पूर्ण रुपमा असफल सिद्ध भईसकेकाले विकल्पमा नयाँ नेतृत्व सहीत एकीकृत जनवादी क्रान्तिमार्फत जनवादी व्यवस्था स्थापित नभएसम्म निरन्तर संघर्ष जारी राख्ने र त्यसका लागि नयाँ कार्यसमितिलाई तयार रहन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *