भक्तपुरमा मालपोत र नापीको पनि जग्गा प्लटिङ्गमा सेटिङ्

भक्तपुर न्यूज

२२ पुष २०७३ ६:१६

भक्तपुरमा मालपोत र नापीको पनि जग्गा प्लटिङ्गमा सेटिङ्

भक्तपुर । भक्तपुरमा अनाधिकृत जग्गा प्लटिङ्गले ब्यापकता पाए पछि काठमाडौं उपत्यका बिकास प्राधिकरणले कारवाहिका लागि सूचना नै जारी गरेको  छ । तर भक्तपुरमा मालपोत र नापीका लागि भने कारवाहिको सुचना कमाउने राम्रो अवसर बनेको छ ।
जग्गा प्लटिङ्ग गर्नेहरुसँगको मिलेमत्तोमा यति बेला मालपोत र नापीका कर्मचारीलाई कित्ता काट गर्न भ्याइ नभ्याई भएको नापी र मालपोतका केही कर्मचारी नाम उल्लेख नगर्ने सर्तमा बताउँछन् । उनीहरु भन्छन्, अनाधिकृत जग्गा प्लटिङ्गको सेटिङ्मा कर्मचारीहरु नै लाग्दा उपभोक्ता ठगिने क्रम बढेको छ ।
नापीमा अनाधिकृत जग्गा प्लटिङ्गको कित्ता काट गर्न पैसा खाने गरेको लेखापढि ब्यवसायिहरु बताउँछन् । मापदण्ड बिपरित जग्गा प्लटिङ्ग गरि रहेकाहरुबाट राम्रै कमाई गरिरहेका मालपोतका कर्मचारीहरुका राम्रो कमाउको माध्यम बनेको उनीहरु बताउँछन् ।
यता काठमाडौं उपत्यका बिकास प्राधिकरण आयुक्त कार्यालय भक्तपुरका प्रमुख नवराज प्याकुरेल भन्छन्, हामीले मात्र चाहेर केही सक्दैनौं, नगरपालिका, मालपोत, नापी र प्रशासनको सहयोगी भूमिका रहे कानुनको दायरामा ल्याएर काम गराउन सकिन्छ ।
पछिल्लो समयमा भक्तपुरमा अनाधिकृत जग्गा प्लटिङ्गले बढावा पाएपछि अख्तियारले समेत हाल रोक लगाएको छ । अर्को तर्फ आवासिय क्षेत्रका लागि जग्गा प्लटिङ्गको स्विकृति दिएता पनि भक्तपुरमा स्विकृति पाएका चौध जग्गा प्लटिङ्गमा समेत मापदण्ड पुग्न नसकेको कार्यालय जनाउँछ ।
स्विकृती लिएर काम गरिरहेका तर कानुनको पालना नगरि जग्गा प्लटिङ्ग गरिरहेकाहरुलाई कसले गर्ने हो कारवाही यति बेला भक्तपुरका स्थानिय माझ चर्चाको बिषय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *