मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु
बझाङ, २२ पुस । मोटरसाइकल दुर्घटना हुँदा बझाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–२ का २३ वर्षका कपेन्द्र बम रहेका छन् । बा ४४ प ५५०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बमको मृत्यु भएको हो । हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएका बमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
