झुक्याएर जग्गा बिक्री गर्ने छ जना पक्राउ
दाङ, २२ पुस । दाङमा एक जनालाई झुक्याएर अर्काको जग्गा बिक्रीबितरण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्काको जग्गा विक्री गर्ने कार्यमा संलग्न त्रिपुर –११ निवासी ४५ वर्षीय पुरुषोत्तम चौधरी, घोराही–११ निवासी ३६ वर्षीय पूर्णराज गिरी, सतबरिया–२ बनघुस्री निवासी ३६ वर्षीय मोहनलाल चौधरी, धर्ना–७ निवासी ३६ वर्षीय ठाकुरप्रसाद डिसी, बेला–४ निवासी ५८ वर्षीय किशोर चौधरी र त्रिपुर –९ निवासी ३१ वर्षीय संघर्ष ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लमही –११ मन्तुराम चौधरीलाई झुक्याएर घरमा रहेको जग्गा धनीपूर्जा र नागरिकता हराएको बहाना बनाएर प्रतिलिपि निकाल्न लगाई जग्गा किनबेच गरिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले बताए ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले दाङ प्रहरीले जनाएको छ ।